लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन
प्रकासित मिति : २०७६ जेष्ठ २७, सोमबार १२:४५
प्रकासित समय : १२:४५
काठमाडौँ, संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्न गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।
सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।
सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित समेत सहभागी भएका थिए । उनले समितिको बैठकमा संविधानअनुसार नै प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न लागेको बताएका थिए ।
उनले प्रदेशको अधिकार केन्द्रीत गर्न नखोजे भन्दै मागका आधारमा विज्ञापन गरिएको दावी गरेका थिए ।