बिप्लव नेकपाद्वारा माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट गराएको पुष्टि

काठमाडाैँ, माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा शनिबार भएको बिस्फोटको जिम्मा बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार विज्ञप्ति  जारी गर्दै बम बिस्फाेट  गरिएको जिम्मा लिएका हुन् ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनामा नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै त्यसको बिरोधमा जनस्तरबाट कारबाहि गरिएकाे दावि गरिएकाे छ । 

विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनीको अनुमति बेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाइने जस्ता राट्रघाती सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौं ।

पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र बर्षायाममा बाढी पहिरोले गम्भीर क्षती पुर्याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्रघाती कदम जारी राखेकाले चेतावनी स्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कार्वाही गरिएको जानकारी गराउछौ ।’

नेकपाले नेपालको चौतर्फी अहित गर्ने, दलाल नेता, नीति निर्माता पोस्ने, भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र त्यसप्रकारको राष्ट्रघाती कार्यमा संलग्न नहुन पनि सबैमा अपिल समेत गरेको छ ।

परियोजनाका कुनैपनि कार्यहरु अघि बढाएर अटेरी गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्नेछौं । त्यसबाट आउन सक्ने कुनै पनि परिणामको जवाफदेही सरकार र लगानीकर्ता नै हुनुपर्ने छ । विज्ञप्तिमा भनिएको छ ।

अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

यस्ताे छ बिज्ञप्ति….