पेस्तोलसहित एकजना पक्राउ
प्रकासित मिति : २०७६ जेष्ठ २७, सोमबार १५:२२
प्रकासित समय : १५:२२
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाइ पक्राउ गरेकाे हाे ।
परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिए। पक्राउ परेका शेर्पामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।