काँग्रेसको विरोधका कारण संसद बैठक स्थगित

काठमाडौँ, काँग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध गरेका थिए । उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दै गर्दा प्रतिपक्षी सांसदहरु उठेर विरोध जनाएका थिए । बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाए ।

सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिएपनि काँग्रेस सांसदहरु उभिएर विरोध गरेपछि बैठक स्थगित भएको घोषणा गरिएको हो ।