महासंघको आन्दोलन प्रति संचारमन्त्री बास्कोटाको आक्रोश -छलफलको थलो सडक होइन संसद हो

नेपालगन्ज, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति  आक्रोश ब्यक्त गरेका छन । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा आइतबार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले सुरु गरेको आन्दोलनप्रति आक्रोश ब्यक्त गरेका हुन ।

संसदमा दर्ता भएको विधेयकका विषयमा मन्त्री बास्कोटाले भने छलफलको थलो सडक होइन, संसदमा छलफल पछि थप समृद्ध बनाउन सकिन्छ । उनले भने पत्रकार महासंघका नेताहरुले अरुलाई भुलभुलैयामा राखेको भन्दै विधेयक पढेर प्रतिक्रिया दिन सुझाव दिए । विधेयक समृद्ध बनाउन सबै पक्षसँग छलफल भईरहेको मन्त्री बाँस्कोटाको भनाई थियाे ।

उनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चर्चाको पनि विरोध गरे । दण्ड जरिवाना बढि भएको भए छलफल गर्न सकिने ठाउँ संसदमा रहेको उनको भनाई छ । संविधान भन्दा माथी कोही पनि नहुने भन्दै उनले स्वनियमको ब्यवस्था पहिलो पटक आएको बताए । मन्त्री बाँस्कोटाले सरकारले गरिरहेको कामको नतिजा आउनेक्रममा रहेको भन्दै धैर्य गर्न अनुरोध गरे । बजेटले आर्थिक विकास र समृद्धिमा जोड दिएको उनको भनाई छ ।

मन्त्री बाँस्कोटाले आइतबार डिजिटल नेपाल परियोजना अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशसम्म पु¥याउने अप्टिकल फाईबरको कामको बाँकेको खजुरामा स्थलगत निरीक्षण गरि जानकारी लिए भने गोरखापत्र संस्थानको कोहलपुरमा भवन निर्माणस्थलको निरीक्षण गरेका थिए ।