बर्दिवासमा किशोरमाथि एसिड प्रहार

बर्दिवास ,महोत्तरीको बर्दिवासमा एक किशोरमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट बर्दिवास नगरपालिका वडा–२ का १५ वर्षीय किशोर सुरज मुखिया गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति १० बजे आसपास बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् । उनको अहिले बर्दिवास–१४ स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मुखिया बर्दिवास चोकमै कवाडीको काम गर्दै आएका व्यक्ति हुन् । मुखियालाइ शुक्रबार बर्दिवास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका छन् ।