यसकारण दिए मुख्य न्यायाधिवक्ता न्यौपानेले राजीनामा
काठमाडाैँ,प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका हुन् ।
रेडक्रसकाे चुनावमा नसघाएको आलोचना खेप्दै आएका न्यौपानेलाई पार्टी नेतृत्वले तत्काल मुख्यन्यायाधीवक्ताबाट राजीनामा नदिएको खण्डमा कारबाही गर्ने चेतावनी दिएसँगै न्यौपानेले बाध्य भएर राजीनामा दिएका हुन्।
२०७५ साल फागुन २३ गते मुख्यन्यायाधीवक्ताको जिम्मेवारी पाएका वरिष्ठ अधिवक्ता न्यौपानेले रेडक्रस जस्तो सामाजिक कार्य गर्ने संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने भन्ने मनसाय राख्दा असमझदारी बढेको र पार्टीले दिएको पद तथा जिम्मेवारी पार्टीले आफ्नो कामप्रति असन्तुष्टी जनाउँदा नैतिकताबस राजीनामा दिन लागेको बताए ।
उनले अगाडि थपे – ‘मेरो कार्यसम्पादनले पार्टीको नीति निर्णयमा केहि सहयोग पुगोस् भनेर आएको हुँ नकि तलबी कर्मचारी हुन ।त्यसकारण आफु हटेर मुख्यमन्त्रीलार्ई काम गर्ने बाटो खुलोस् भन्नका लागि राजीनामा दिएको हुँ ।