नेकपाभित्र शक्ति सन्तुलनको रस्साकस्सी

जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि कुनै निष्कर्ष निस्किएन । प्रधानमन्त्री युरोप भ्रमणबाट फर्केपछि मात्रै यो विषयलाई टुंग्याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘तीनैजनाले गृहकार्य पुगेन, प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि इन्चार्ज र सहइन्चार्जसँगै एकीकरण र कार्यविभाजनका अन्य काम गरौँला भनेपछि मूल एजेन्डामा प्रवेश नगरी बैठक स्थगित भयो,’ प्रवक्ता श्रेष्ठले भने । नयाँ पत्रिकाले विस्तृतमा खबर छापेको छ ।