‘रोजा इफ्तार’मा सहभागि राष्ट्रपति भण्डारीले भनिन्- यो एकताको सन्देश हो
नेपालगन्ज,राष्ट्रपति विद्यादेवी भण्डारीले रोजा इफ्तारले एकताको सन्देश दिएको बताएकि छन् । नेपालगन्जमा मुस्लिम समाज बाँकेको आयोजनामा गरिएको ‘रोजा इफ्तार’लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
बिभिन्न धर्म, सम्प्रदाय र नागरिकबीच एकता कायम गराउन मुस्लिम समुदायले गरेको ‘रोजा इफ्तार’कार्यक्रमले सहयोग पु¥याएको उनको भनाईछ । देशमै पहिलो पटक मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्र प्रमुख सहभागी भएपछि बाँकेका मुस्लिम समुदाय हर्षित भएका छन् ।
उक्त रोजा इफ्तारमा बोल्दै शहरी विकास मन्त्री मोहमम्द ईस्तियाक राईले मुस्लिम समुदायको पर्वलाई महत्व दिएर राष्ट्र प्रमुख नेपालगन्ज आएकोमा खुशी व्यक्त गरे । ‘देशमा सामाजिक सद्भाव र एकता कायम गर्न रोजा इफ्तारले सकारात्मक सन्देश दिएको छ ।’ मन्त्री राईले भने ।
यस्तै रोजा इफ्तारमा मुस्लिम समुदायको तर्फबाट नेकपाका नेता अब्दुल हुसेन खानले मुस्लिम समुदायका विभिन्न मागहरु समेटिएको अनुरोध पत्र राष्ट्रपतिलाई बुझाएका थिए । मुस्लिम समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको रोजा इफ्तारमा विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
गत बैशाख ५ गते नेपालगन्जमा पहिलो पटक आएकी राष्ट्रपती भण्डारी करिब डेढ महिनाको अन्तरालमा दोस्रो पटक नेपालगन्ज आएकी हुन् । बुधबार बाँकेको जि गाँउ स्थित प्रभात उच्च माविको स्वर्ण जयन्तीका अवसरमा आयोजना
गरिन लागेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागि हुनेछन्। विहान साढे सात बजे हुने उक्त विद्यालयको स्वर्ण जयन्ति कार्यक्रम पश्चात उनी काठमाण्डौं फर्किने बुझिएकोछ ।