यसरी मनाइदैछ मुश्लिम समुदायको महत्वपुर्ण चाड ईदु-उलफित्र
प्रकासित मिति : २०७६ जेष्ठ २२, बुधबार ११:०३
प्रकासित समय : ११:०३
नेपालगञ्ज, इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज मुलुकभर विशेष रूपमा मनाइँदैंछ ।
एक महिनाको निरहार व्रतपछि आज ईद इस्लाम धर्मावलम्वीहरुले बिशेषरूपमा ईद मनाउन लागेका हुन् । आज विहान ८ बजे नेपालगन्जको विपीचोकमा रहेको ईदगाहमा सामूहिक नमाज पढेर मनाइएकाे छ ।
इद उल फित्र कै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व ईदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।