२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
प्रकासित मिति : २०७६ जेष्ठ २१, मंगलवार १४:५५
प्रकासित समय : १४:५५
काठमाडौं ,गृह मन्त्रायलयले २६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मंगलबार भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो।
सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा तानिएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीका द्रोण पोखरेललाई नुवाकोटमा सरुवा भएका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालय, उर्लाबारी मोरङका लक्ष्मण ढकाललाई जिल्ला प्रशासन कार्यालय रोल्पा पठाइएको छ। मोरङमा झरेन्द्रप्रसाद चापागाईंलाई पदस्थापना गरिएको छ।
यस्तै, गृहले जिल्ला प्रशासन कार्यालय डोटीका यादव सुवेदीलाई दाङमा पठाएको छ। डोटीमा भने टेकनारायण पौडेल नै प्रमुख जिल्ला अधिकारी रहेका छन्।
हेर्नुस लिस्ट यस्ताे छ