लोकसेवा आयोगको विज्ञापनप्रति समाजवादी पार्टीको असन्तुष्टि

काठमाडौं,समाजवादी पार्टी नेपालले लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको विरोध गरेको छ ।

सो पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै आयोगले प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएर कर्मचारी भर्ना गर्न लागेको आरोप लगाइएको छ ।

कानुन विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्नासम्बन्धी सूचना अविलम्ब फिर्ता लिन समेत विज्ञप्तिमा भनिएको छ । आयोगले केही दिनअघि करिब ९ हजारभन्दा बढी कर्मचारी भर्ना सम्बन्धी विज्ञापन प्रकाशित गरेको थियो ।

यस्ताे छ बिज्ञप्ति