राष्ट्रपति भण्डारी आज नेपालगन्ज आउँदै

नेपालगञ्ज,राष्ट्रपति विद्यादेवी भण्डारी आज बाँकेको नेपालगन्ज आउने भएकी छिन् । म्रश्लिमहरूकाे पर्ब इदुल फित्रकाे अबसरमा ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि हुन नेपालगन्ज आउन लागेकी हुन् ।

डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी आज नेपालगन्ज अाउन लागेकि हुन । यसअघि राष्ट्रपति गत वैशाख ५ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्न नेपालगन्ज पहिलोपटक आएकी थिइन् । बैजनाथ गाउँपालिका ५ जि गाउँमा रहेको प्रभात माविको स्वर्ण जयन्ती समारोह, नेपालगन्जमा हुने सामुहिक ‘रोजा इफ्तार’ लगायतका कार्यक्रममा सहभागिता हुन उनी नेपालगन्ज आउन लागेकी हुन् ।

राष्ट्रपति आउने भएसँगै रमजानको महिनामा व्रत (रोजा) बसिरहेका यहाँका नेपाली मुस्लिम समुदायले सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रमको आयोजना समेत गरेका छन् ।

कार्यक्रमका संयाेजक तथा मुश्लिम सामाज बाँकेका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले अनुसार आज साँझ साढे ५ बजेपछि नेपालगन्जस्थित सिद्वार्थ कटेजमा आयोजना हुन गइरहेको सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति भण्डारी समेत सहभागि हुने बताइएकाे छ ।

‘पहिलो पटक राष्ट्रप्रमुख रोजा इफ्तार कार्यक्रममा सहभागि हुने भएपछि यहाँका नेपाली मुस्लिम समुदाय हर्षित भएका छन्’ उनले भने, ‘इफ्तार कार्यक्रममा राष्ट्रप्रमुखको सहभागिता हुनुलाई उत्साहकासाथ हेरिएको छ ।

यसले सबै धर्म सम्प्रदाय एक छ भन्ने सन्देश प्रवाह गर्नेछ ।’ दिनभरी व्रत बसेर बेलुका व्रत खोल्ने ९तोड्ने० कार्यलाई इफ्तार भनिन्छ ।

राष्ट्रपति भण्डारीको उपस्थितीमा हुने ‘रोजा ईफ्तार’ कार्यक्रममा विरयानी, सेवई र खजुरका परिकार राखिनेछ । यस बाहेक अन्य फलफुल लगायतका परिकार पनि हुनेछ आयोजकले जनाएको छ ।

मुख्यरुपमा विरयानी र सेवई, खजुर ईफ्तारमा धेरै प्रयोग हुन्छ । राष्ट्रपति सहभागि हुने ‘रोजा ईफ्तार’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उक्त कार्यक्रमका संयोजक ‘चुन्ना’ले जानकारी दिए ।

‘राष्ट्रपति सहभागि हुने ईफ्तारको तयारीमा एक महिनादेखि नै यहाँका मुस्लिम समुदाय जुटेका थिए’ उनले भने, ‘भव्य हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

पहिलोपटक राष्ट्रप्रमुख ‘रोजा ईफ्तार’ कार्यक्रम सहभागि हुन गइरहेको भन्दै कार्यक्रम संयोजक मन्सुरीले कार्यक्रमलाई ऐतिहासिक बनाइने बताए । उनका अनुसार आज साँझ पौने ६ बजेबाट ‘रोजा ईफ्तार’ कार्यक्रम सुरु हुनेछ भने राष्ट्रपति भण्डारीको आगमन कार्यक्रम स्थलमा ठिक ६ बजे हुनेछ ।

मुस्लिम समुदायका पाँच स्तभ मध्ये रोजा पनि एक हो । इफ्तारमा क्षमता अनुसार हरेक मुस्लिम समुदायले ब्यक्तिगत वा सामुहिक रुपमपा परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको छ ।