रमजानको अवसरमा नेपालगञ्ज पुगेकी राष्ट्रपति भण्डारीसंग मुश्लिम सामाजको यस्तो माग

नेपालगन्ज,रमजानको अबसरमा नेपालगन्ज  पुगेकी राष्ट्रपति बिद्यादेबी भण्डारीसंग मुश्लिम समाज बाँकेले बिभिन्न मागहरु राखेर ४ बुँदे अनुरोध पत्र बुझाएकाे छ  ।  सामाजले आफना समुदायका लागि बिभिन्न मागहरु राख्दै ४ बुदेँ अनुरोध पत्र बुझाएकाे हाे।


पत्रमा मुश्लीम बालबालीकाहरुका लागि मदरशिक्षालाई ब्यवस्थीत गरी राष्ट्रिय मदरशा बोर्ड गठन गर्न पहल गर्न आग्रह गरिएकाे छ  । त्यस्तै मुश्लिम समुदायहरुको महिलाहरुलाई इंगित गरी महिलाहरुका लागि छुट्टै बिद्यालय तथा कलेजको ब्यवस्था गर्न समेत अनुरोध गरिएकाे छ । मुश्लिम समुदायहरूकाे छुटै पहिचान भएकाेले इद ,बकर इद जस्ता साँस्कृतिकाे पहिचान गरेर जानुपर्ने माग समेत राखिएकाे छ ।  

समाजले समाबेशी कोटाहरुमा समेत सरकारको ध्यान जाने बिषयमा अनुरोधपत्रमा समेटिएको छ । । मुस्लीम समुदायहरुको महत्वपुर्ण चाड रोजा अफतार रमजानका अबसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा संबोधन गर्न सरकारलाई सझाएकी थिइन ।

यस्ताे छ अनुराेधपत्र