यस्तोरहेछ सोलुखुम्बु घटनाको भित्रि रहस्य
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ ।
सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । गाउँमा १५/१६ जनाकाे संख्यामा नयाँ मान्छे देखिएपछि उनीहरु चाैकी नै आक्रमण गर्न आएकाे हुनसक्ने भन्दै प्रहरीहरु सबै चाैकी छाेडेर भागेकाे बताइएकाे छ । तर, त्यहाँ कुनै केही घटना नभएकाे बताइन्छ । महाकुलुङमा गएराति विप्लवका कार्यकर्ता देखिएकाे हल्ला फैलिएपछि आजै साेलुखुम्बु जिल्ला सुरक्षा समितिकाे बैठक पनि बसेकाे बताइएकाे छ ।
हिजाे राति त्यस्ताे हल्ला चलाएर आज बिहान भने ठूलाे मात्रामा सुरक्षाकर्मी काठमाडाैं र विराटनगरबाट त्यस ठाउँमा हेलिकाेप्टरबाट अाेसारिएकाे छ । यसलाइ धेरैले अनेक आशंका गरेका छन् । नेपाली सेनाकाे हेलिकाेप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विशेष टाेली साेलुखुम्बु पठाउनु अघि आजै गृहमन्त्रालयमा विशेष बैठक पनि बसेकाे बुझिएकाे छ ।
तर प्रहरीले यति ठूलो संख्यामै सुरक्षाकर्मी किन परिचालन गर्नुपर्यो भन्ने केही बताएको छैन । यति ठूलो संख्यामा सुरक्षाकर्मी राजधानीबाट सोलुखुम्बु लगिनुलाई केहीले कतै ठूलो नक्कली भिडन्त गर्न खोजिएको वा मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजिएको हुनसक्ने विश्लेषण पनि कतिपयले गरेका छन् ।
केही दिन अघि मात्र भाेजपुरकाे जंगलमा नक्कली भिडन्त देखाएर नेकपाका एक जना कार्यकर्ताकाे हत्या गरिएकाे थियाे । भाेजपुरकाे एक जंगलमा ठूलाे संख्यामा विप्लवका सेना जम्मा भएकाे र त्यहाँ सुरक्षाकर्मी पुग्दा भएकाे भिडन्तमा तिर्थराज घिमिरे नाम गरेका एक कार्यकर्ता घाइते भएकाे प्रहरीले दावी गरेकाे थियाे । तर, पछिल्लाे दिन उनकाे धरान अस्पतालमा निधन भएकाे थाहा भएकाे थियाे ।