प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना

काठमाडौं , प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन्। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगेका पौडेलकोस्वास्थ्यमा समस्या देखिएपछि भर्ना भएका हुन्।

अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनकोे स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।  चिकित्सकले मुख्यमन्त्री पौडेललाई एक हप्ता आराम गर्न सल्लाह दिएका छन्।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।