राजधानीमा मेघ गर्जनसहित भीषण वर्षा

काठमाडौं,राजधानीमा भीषण वर्षा भएको छ । शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।