यसकारण पोखरा पुगेका प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरे

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर रद्द गरेका छन् । पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन शनिबार प्रधानमन्त्रीबाट गराउने गरी कार्यक्रम तय गरिएको थियो ।

भ्रष्टचारी ठहर भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल उद्घाटनसहित ३ कार्यक्रमका लागि ओली आज पोखरा पुगेका थिए । प्रधानमन्त्री ओली होटलमा पनि पुगेका थिए तर, केहीबेर बसेर उद्घाटन नगरि फर्किए ।

स्थानीय नेताकार्यकर्ता तथा पोखरा नगरपालिकाका मेयर मान बहादुर जिसीले मापदण्डविपरीत बनाएको होटलको प्रधानमन्त्रीले उद्घाटन गर्न नहुने राय व्यक्त गरेका थिए ।

शनिबार बिहान १०ः३० मा होटल उद्घाटन गर्ने कार्यतालिकालाई अन्तिम समयमा प्रधानमन्त्रीले रोकेका हुन् । प्रधानमन्त्री ओलीले होटलको निरीक्षण मात्रै गरी अर्को कार्यक्रममा पुगेका थिए ।

मापदण्डविपरीत बनाइएको होटल भ्रष्टाचारी ठहर भएका व्यक्तिको भएको सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले होटलको निरीक्षण मात्रै गरेर फर्किएका हुन् । पोखरा महानगरमा १७ मिटरभन्दा अग्लो भवन बनाउन पाइँदैन तर, यो होटल १२ तलाको छ ।