भारतीय विदेशमन्त्री जयशंकरलाई काँग्रेस सभापति देउवाको बधाई
प्रकासित मिति : २०७६ जेष्ठ १८, शनिबार १६:५९
प्रकासित समय : १६:५९
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् ।
सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
‘म तपाईंलाई भारत सरकारको विदेशमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा शुभकामना दिनेछु । तपाईँको नियुक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले कुटनीतिक रुपमा थप उचाइ लिने छ भन्नेमा म विश्वस्त छु,’ देउवाको शुभकामना सन्देशमा भनिएको छ ।
जयशंकरको क्षमता, ज्ञान र अनुभवको आधारमा नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुनेमा पनि देउवाले विश्वास व्यक्त गरेका छन् ।

