कृषकको घर आँगनमा पुगेर गरियो माटो परिक्षण
जाजरकोट, कुशे गाउँपालिकाले कृषकको घर आगन पुगेर माटो परिक्षण गरेको छ । कुशे गाउँपालिकाकाे बिभिन्न ठाँउमा पुगेर कृषकको खेतबारीकाे माटो परिक्षण शिबिर संचालन गरिएको हो ।
उक्त शिबिरमा माटोको पि एच उज र बिरुवालाई चाहिने प्रमुख खाद्य तत्व नाइट्रोजन , फस्फोरस , पोटासको परिक्षण गरिएको छ ।
४ दिनसम्म संचालन शिबिरमा २७९ जना कृषक माटो जाच गराएकाे र शिबिर अबधिभर ४८६ वटा माटोको नमुना परिक्षण गरिएको कृषी प्राबिधिक कृषि बिकास शाखाका धिरेन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार कुशे गाउँपालिका सबैवडाबाट आएको माटोको परिक्षण गर्दा माटोको पिएचको कम क्षारिय रहेको छ । त्यस्तै अन्नबाली बिरुवालाई आबस्यक पर्ने प्रमुख खाद्य नाइटोजन अति कम रहेको र फस्फोरस, पोटास कम रहेको बताए ।
समग्ररूपमा प्रमुखबाली बिरुवालाई प्रमुख खाद्य तत्वको परिपुर्ति गर्नको लागि कुशे गाउँपालिका अर्गानिक क्षेत्र भएकोले रासायनिक मलको सिफारिस नगरिएको बस्नेतले बताए ।
यो जाजरकोट जिल्ला माटो परिक्षण सिबिर गर्ने पहिलो हो ।