जाजरकोटी समाज बाँकेले मृगौला पिडित मल्ललाई गर्यो रू.१० हजार सहयोग

नेपालगञ्ज,बाँके दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकाेटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई जाजरकोटी समाज बाँकेले रू.१० हजार सहयोग गरेको छ ।

जाजरकोटी समाज बाँकेले नेपालगञ्ज बीपी चाेकस्थित कुसेन्युजको कार्यालयमा पुगेर मृगौला पिडित युवा नेता मल्ललाई रु १० हजार सहयोग हस्तान्त्ररण गरेको हो । 

सहयोग हस्तान्त्ररण गर्दै जाजरकोटी समाज बाँकेका अध्यक्ष किशाेर कृष्ण भण्डारीले बिरामीको आत्मबल उच्च बनाउन जाजरकोटी समाज बाँकेले सहयोग गरेको बताए । उनले भने एकले थुकी सयाैँले थुकी नदि हुन्छ भन्दै सबैलाइ सहयाेग गर्न अाग्रह समेत गरे । 

भण्डारीले मल्लको उपचारको लागि जाजरकोटी सामाज बाँकेले कुनैपनि कसुर बाँकी नराख्ने भन्दै एउटा शसक्त युवा बचाउन सामाजको दायित्व भएको समेत बताए ।

विद्यार्थी नेता मल्ल लामो समयदेखि मृगौलाको डाइलोसिस गराई रहेका छन । उनि कुशे गाँउपालिका वार्ड नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल निरन्तर समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न समेत सकेका थिएनन ।

पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।

स्मरण रहाेस कुसेन्युजले बिगत केहि समयदेखि मल्लकाे बारेमा निरन्तर समाचार अपडेट गर्दै अाइरहेकाे छ ।