यस्तो रहयो विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको खजुरा अडिसन

बाँके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को खजुरा अडिसनबाट १९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन ।

विहिवार ज्ञानोदय मा.वि खजुरामा भएको अडिसनमा सहभागी भएका करिब १५ वटा विद्यालयका २४ जना दोस्रो राउण्डका लागी छनौट भएका हुन ।

कार्यक्रमको निर्णायकको भुमिका लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक कण्ठेश्वर न्यौपाने र साहित्यकार तथा गायिका देवकी निरौलाको टिमले निर्वाहा गर्नु भएको थियो ।

जिल्लामै पहिको पटक सन्चालित गायन प्रतियोगिताको हो । विद्यालय उमेर प्रतिभाहरुको पहिचान गरेर उनिहरुको अन्तर्निहित प्रतिभाहरु लाई वाहिर ल्याउने यस्को उदेश्य रहेको कार्यक्रम संयोजक अोम शर्माले वताएका छन् । बिभिन्न सामुदायिक तथा सस्थागत विद्यालयमा अध्यानरत उमेरमा वालवालिकाहरु सहभागी हुदै आएका छन् ।

यस अघि कोहलपुर र राप्तीसोनारीमा अडिसन सम्पन्न भएको थियो । कोहलपुर र राप्तीसोनारी वाट जम्मा ८९ जना दोस्रो राउण्डमा प्रवेश गरेका छन । जेठ १८ गते वैजनाथ गाउपालिकामा अडिसन गर्ने कार्यक्रम रहेको संयोजक शर्माले जानकारी दिएका छन् ।

सिंङ्गिङ आईडलमा प्रथम हुनेले पचास हजार र एल्वममा गाउने अवसर, द्धितिय हुनेले तिस हजार र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर पाउने आयोजकले जानकारी दिएको छ ।