इदुल फित्रमा सार्वजनिक विदा
प्रकासित मिति : २०७६ जेष्ठ १६, बिहीबार १७:३५
प्रकासित समय : १७:३५
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो ।
इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए ।