२० प्रतिशत बढ्यो सरकारी कर्मचारीको तलब

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी कर्मचारीको तलब बढेको हो ।

कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । दुई वर्षयता कर्मचारीको तलब बढेको थिएन । बढेको तलब आगामी साउनदेखि लागु हुनेछ ।