सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७मा सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने जनाएको छ । बुधबार संघीय संसदमा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने बताएका हुन् ।

उनले स्वास्थ्य विमाका विमितले आधारभुत सेवा सबै स्थनिय तहबाट पाउँने व्यस्था गरेको बताए । चालु आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गदै गर्दा देशका ४२ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा थियो ।

उक्त बजेटमा नै चालु आर्थिक बर्षमा नै देशैभर स्वास्थ्य विमा कार्यक्रम विस्तार गर्ने घोषण गरेका थिए । तर हालसम्म स्वास्थ्य विमा देशका ४६ जिल्लामा मात्र लागु भएको छ ।