आज दिउँसो ४ बजे बजेट प्रस्तुत हुने

काठमाडौं, आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न ४ बजे संसदमा प्रस्तुत हुने भएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन्।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत सभामुख महराले आग्रह गरेका छन्।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रचलन छ।