आखिर किन पठायोत नेविसंघले विष्णु पौडेललाई ६ सय ५५ रुपैयाँ क्षतिपूर्ति
रुपन्देही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ । जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै नेविसंघ रुपन्देहील रकम संकलन गरेको हो ।
बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपूर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो ।
आइतवारबार ६ सय ५५ रुपैंया संकलन भएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिए । नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको को नेतृत्वमा बुटवलको ट्राफिक चोकमा एक रुपैंयाका दरले बटुवासँग रकम संकलन गरिएको थियो । संकलित रकम इलाका प्रसाशन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा पठाएको नेपाली काँग्रेसका नेता अजय रावतले बताए ।