कोहलपुरका यि मनकारी युवा जस्ले आफ्नो जन्मोत्सवको खर्च कटाएर विपन्न परिवार लाई गरे सहयोग
कोहलपुर, बाँकेको कोहलपुरका टोपराज जैशिले आफ्नो जन्मदिनको अवसर पारेर एक विपन्न परिवारलाई सहयोग गरेका छन ।
कोहलपुर नगर स्तरिय युवा संञ्जालका उपाध्यक्ष समेत रहेका जैसीले आफ्नो २४ अौ जन्मदिनको अवसरमा मंगलबार बैजनाथ गाउँपालिका २ पितमारी स्थित रत्ना नेपालीको घरमै पुगेर रत्नाका छोरीछोरीका लागी कापीकलम, शैक्षिक सामाग्री, खाद्यान, लत्ताकपडा लगायतला सामग्रीहरु सहयोग गरेका छन् ।
५० बर्षिय रत्ना नेपाली आफै पनि विरामी परेर थला परेकी छन् । उनको विरामको अप्रेसन गर्नु पर्ने भए पनी आर्थिक अभावकै कारण उपचार हुन सकेको छैन् । उनको परिवार दन्दपिडित परिवार हो । उनका श्रीमान करिव १५ बर्ष पहिले दन्दकालिन समयमा वेपत्ता पारिएको थियो ।
केही दिन अघी उनको वारेमा संन्चार माध्याममा समाचार आएर थाएको र आफुले जन्मदिनमा हुने अनावस्यक फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेको जैसीले वताए् ।