कैलाली मालपोत कार्यालयमा बम
प्रकासित मिति : २०७६ जेष्ठ १४, मंगलवार ११:४७
प्रकासित समय : ११:४७
कैलाली,जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो।
बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कालो भोलाभित्र बम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीले बताए। उनले भने, ‘त्यो डिजिटर होइन, आफैँ बनाएको जस्तो देखिन्छ त्यसमा घडी पनि थियो।’
प्रहरी निरीक्षक वकिल सिंहले बम राति राखिएको हुन सक्ने बताए। ‘हिजोसम्म यहाँ केही थिएन,’ उनले भने, ‘बिहान शङ्कास्पद वस्तु भेटिएको हो।’ उनले नै शङ्कास्पद वस्तु फेला परेको भन्दै सेनालाई खबर गरेका हुन्। सेनाले निष्कृय पारेपछि उक्त वस्तु बम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।