सरकारले प्रतिबन्धित नेकपाका ३ नेतालाई सम्मान गर्दै
सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गृहमन्त्रालयले तयार गरेको यस सुचिमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा पनि छन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै सुचीमा विप्लब समुहकै अर्का नेता सन्तोषकुमार बुढा मगर पनि छन । उनले २०६४ सालमा रोल्पा-२ बाट चुनाव जितेका थिए । त्यस्तै पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट समानुपातिक सभासद उमा भुजेललाई पनि सरकारले सम्मान गर्ने छ । उनी हाल विप्लव समूहकी पोलिटब्यूरो सदस्य छिन् ।
मन्त्रालयले तयार पारेको सुचीमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रो नम्बरमा प्रधानमन्त्री केपी ओली, तेस्रो नम्बरमा सभामुख कृष्ण बहादुर महरा लगायत रहेका छन् ।
सरकारले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई सविधानसभा पदकले सम्मान गर्न लागेको हो । प्रत्यक्ष र समानुपातिक गरी कुल ११ सय ९ जनालाई सम्मान गर्न लागेको हो ।