गृहमन्त्री थापा भन्छन् : विप्लवले जनसेना र जनसरकार बनाइसके !

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्।

काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री थापाले विप्लव भन्‍ने समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए।

‘विप्लवले जन सरकार गठन गरिसकेका छन्। जनसेनाका ४ कम्पनी खडा गरेका छन्’, गृहमन्त्री थापाले भने। गृहमन्त्री थापाले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्‍न ठाउँमा विप्लवले ध्वंश मच्चाएको उनले बताए।

‘उनीहरूको मूल निशाना उपत्यका बनेको छ। हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए’, उनले भने, ‘हिजो मात्रै जनाको मृत्यु भयो, दर्जनौँ घाइते भएका छन्।

काठमाडौंमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिकता नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी थापाले गरे। घाइतेहरु पनि विप्लव समूहकै रहेका उनले बताए।