सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी

मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् ।

उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ ।

गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको समेत प्रहरीको भनाई छ । घटनबारे आवश्यक छानबवन भैरहेको समेत प्रहरीले जनाएको छ