काठमाडौँका २ ठाउँमा ग्यास सिलिन्डर विस्फोट, ८ जना घाइते
प्रकासित मिति : २०७६ जेष्ठ १२, आईतवार १७:२५
प्रकासित समय : १७:२५
काठमाडाैँ,काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र अनामनगर घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो।
सुकेधारा विस्फोटमा ६ जना र घट्टेकुलो सिलिन्डर विस्फोटमा २ जना घाइते भएको बोगटीले बताए। बुढानिलकण्ठ नगरपालिका-४ सुकेधारास्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।