इर्दुल फित्रमा सार्वजनिक विदा दिन मुस्लिम समुदायको माग

काठमाडौं,मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पवित्र पर्व इदउल फित्रको दिन परेको परीक्षा स्थगित गर्न र उक्त दिन सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने आवश्यक छलफल पछि मुस्लिम समूदायको पवित्र पर्व इदउल फित्रको दिन सार्वजनिक विदा दिनेबारे निर्णय गरिने बताए । यस अघि इदउल फित्रमा सार्वजनिक विदा दिने गरिए पनि वर्तमान सरकारले भने विदा कटौति गरेको छ ।