टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या

एजेन्सी, मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ । भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोर जिम ट्रेनरको रुपमा कार्यरत थिए । मोहितलाई बन्दुकधारीले १३ पटक गोली हानेको प्रहरीले जनाएको छ। मोहितको टिकटक अकाउन्टको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।