बिप्लव नेकपाका भेरी ब्युरो इन्चार्ज शितलसहितका नेताहरु गिरफतार

सुर्खेत,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली शितल  सहितका अन्य दुइ नेता पक्राउ परेका छन ।

स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपा विप्लवका भेरि ब्युरो ईन्चार्ज बल बहादुर वली (शितल )  सुर्खेत जिल्ला सेक्रेटरी खडक बहादुर खडका (यमराज) र जाजरकाेटकाेटबाट भेरी ब्युराे सदस्य हरिचन्द्र जैसी अनुकुललाई प्रहरीले पक्राउ गरेको बताइएकाे हाे ।

जाजरकोटका नेता तथा भेरी ब्युरो सदस्य हरिचन्द्र जैसि अनकुललाई कुशे गाउपालिका वडा नम्बर २ टालेगाँउ घरबाटै अपहरण शैलिमा गिरफ्तार गरेको जाजरकोट पार्टी स्रोतले बताएकाे छ ।