कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता
कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे हो ।
कुसेन्युजको कुराकानीमा गाँउपालिका अध्यक्ष खडगराज सेजुवालले गोठालाहरुको प्रोत्साहनका लागि गोठोलो भत्ता उपलब्ध गराइएको बताए ।
अध्यक्ष सेजुवालले स्वरोगार मुलुक कार्यक्रम स्वरुप गाई,भैसी,भेडा,भाख्रा लगायत पुशजन्य बस्तुहरु पालनपोषण गर्नेहरुलाई मासिक २ हजार देखि माथी बस्तुभाउ हेरी भत्ता उपलब्ध गराइएको जानकारी दिए । अध्यक्ष सेजुवालले पशुजन्य बस्तु पालनपाेशनका लागि गाँउपालिकाले अाबश्यक अनुदानकाे समेत ब्यवस्था गरेकाे बताए ।
कुसेन्युजसंगको बिशेष कुराकानीमा अध्यक्ष सेजुवालले गाँउपालिकामा बेरोजगार युवाहरुलाई सामुहिक रुपमा रोजगारको ब्यवस्था गरेको समेत जानकारी दिए ।
उनले मासीक २५ हजारका दरले तलब दिइएका करिब ३ दर्जन युवाहरुलाई गाँउपालिकाले आबश्यक ठाँउमा परिचालन गरि बिकासका काममा लगाइने गरेको बताए ।