पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते
प्रकासित मिति : २०७६ जेष्ठ ७, मंगलवार ११:०२
प्रकासित समय : ११:०२
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।
सदरमुकामबाट करिब ३ घण्टाको दूरीमा पर्ने उक्त स्थानमा कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको पौडेलले बताए ।