पर्वतमा बम विस्फोट हुँदा २ जना घाइते

पर्वत– पर्वतमा बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको हो ।

आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बम बिस्फोटबाट २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना गम्भीर घाइते भएका छन् । बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।