मितिनी नेपालद्धारा “स्पेट्रम्”पुस्तक विमोचन
काठमाडौं,मितिनी नेपालले अन्तराष्ट्रिय “होमोफेबीया डे”को अवसरमा स्पेट्रम् “SPECTRUM” नामक पुस्तकको विमोचन गैरीधाराको एलिस रिसेप्सनमा सम्पन्न भएको छ । वरिष्ठ महिला अधिकारकर्मी रिता थापा ज्यूले पानसमा बत्ति बालेर उक्त पुस्तकको बिमोचन गरेका थिए ।
उक्त बिमोचनमा नेपाल टेलिभिजनको कार्यकारी निर्देशक आरती चटोट, सेलिब्रेटि अनुपम श्रेष्ठ, मितीनी नेपालको अध्यक्ष लक्ष्मी घलान, युएन वोइमेन कन्ट्री रिप्रेजेन्टेटीव वइनी कुसुमा लगायतले सामुहिक रुपमा पुस्तकको विमोचन गरेका थिए ।
उक्त पुस्तकमा लेस्बेन, बाइसेक्सुवल, ट्रान्सजेन्डर, इन्टरसेक्स लगायतका व्यक्तिहरुको कथा जसमा न्याय र सुरक्षाको विषयलाई समेटीएको छ । एलबिटिआइको जीवनमा आफ्नो पहिचानको कारणले उनीहरुको जिवन कस्तो रह्यो ? कसरी कष्टकर बन्न पुग्यो ? उनीहरुको सङघर्षहरुको बारेमा विस्तृत रुपमा समावेश गरिएको छ ।
स्वयम पात्र नै पुस्तकको लेखक रहेका कारण पुस्तक उत्कष्ट बनेकाे बताइएकाे छ । पुस्तकको अंग्रेजीमा उल्था र सम्पादन मितीनी नेपालको प्रोग्राम म्यानेजर सम्बीदा राजभण्डारीले गरेकि थिइन ।
पुस्तकमा यस समुदायको ब्यक्तिहरुको दुःखको कुराहरुमात्र नभएर ति लाखौ ब्यक्तिहरु जो आफ्नो पहिचान खुलाउन आव्हान गर्न र प्रेरणादायक बन्नका लागी पुस्तक प्रकाशन गरीएको थियो । मितीनी नेपालको अध्यक्ष घलानले समलिङी समुदायलाई समाजले हेर्ने दृष्टिकोणको परिवर्तनमा लागि पुस्तक प्रकाशन गरिएको बताए ।