यसरी १८ घण्टा लामो ध्यानबाट निस्केका मोदीले भने….
प्रकासित मिति : २०७६ जेष्ठ ५, आईतवार १४:१५
प्रकासित समय : १४:१५
उत्तराखण्डस्थित केदारनाथ मन्दिरको गुफामा १८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले भगवानसँग केही नमागेको बताएका छन्।
‘मैले भगवानसँग केही मागिनँ’, पत्रकारहरुसँग बोल्दै उनले भने, ‘भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो अन्तरालपछि ध्यानको विशेष अनुभव प्राप्त गर्न पाएको भन्दै उनले हर्ष व्यक्त गरे। एजेन्सीहरुका अनुसार मोदी ध्यानमा बसेको गुफामा टेलिफोन र वाइफाईसहित शौचालय तथा अन्य आधारभूत सुविधा उपलब्ध थियो।
केदारनाथमा पूजा गरेर उनी आइतबार सबेरै बद्रिनाथ पुगेका छन्। लोकसभा निर्वाचनको परिणाम घोषणाको पूर्वसन्ध्यामा केदारनाथ पुगेका मोदीको यो तीर्थयात्रालाई धेरैले रोचक मानेका छन्। त्यहाँको चुनाव आयोगले बिहीबार मतपरिणाम घोषणा गर्दै छ।