प्लास्टिक एनेमियाबाट पीडित पुनम नेपालीलाई आफन्तद्धारा सहयोगको अपिल
नेपालगञ्ज,बाँके उपमहानगरपालिका वडा नं ७ निबासी प्लास्टिक एनेमियाबाट पीडित २४ वर्षीया युवती पुनम नेपालीलाई आफन्तजनले सहयोगको अपिल गरेका छन ।
अति विपन्न परिवारकी पुनमका श्रीमान् सुरेश नेपालीले आफूहरुले उपचारमा लाग्ने रकम जुटाउन नसक्ने अबस्था भएकोले यतिधेरै रकम जुटाउन नसक्ने भएकाले सबैसँग सहयोगका लागि अपील गरेका हुन् ।
पेन्टरको काम गर्दै आएका सुरेशले भएको पैसा पनि उपचारमै सकिसकेको भन्दै सरकारी निकायहरुमा धाउँदा पनि कुनै सहयोग नपाएको गुनासो गरेका छन् । प्लास्टिक एनेमियाका कारण रगत नबन्ने समस्या भएपछि हप्तैपिच्छे पुनमलाई रगत चढाउनुपर्ने हुन्छ ।
चिकित्सकहरुले पुनमलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने र त्यसका लागि १० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । अति विपन्न परिवारकी पुनमका श्रीमान् सुरेश नेपालीले आफूहरुले यतिधेरै रकम जुटाउन नसक्ने भएकाले सबैसँग सहयोगका लागि अपील गरेका छन् ।
केहि समय अगाडि नेपालगञ्जका मेयर डा.धवल शमशेर राणाले प्लास्टिक एनेमियाबाट पीडित २४ वर्षीया एक युवतीलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए । मेयर राणाले कमिट नेपाल संस्थामार्फत नेपालीलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।