आफ्ना विद्यार्थी नेतालाई विनाकारण गिरफ्तार गरिएको भन्दै रिहाईको माग
काठमाण्डौ, नेत्रविक्रम चन्द विप्लबले नेतुत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अनेरास्वबियु (क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेताहरुलाई विनाकारण गिरफ्तार गरिएको भन्दै रिहाई गर्न माग गरेको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले विहिवार एक प्रेस विज्ञप्ती जारी गार्दै काठमाडौंको शान्तिवाटीकामा आयोजित शान्तिपुर्ण कार्यक्रम स्थलबाट पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका छन् ।
भट्टराईले आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षमा जाने र लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई लत्याउदै सरकार अघी बढिरहेको आरोप लगाउदै फाँसीवादी सरकारका हरेक कदमको प्रतिवाद गर्न आफुहरु तयार रहेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
अखिल (क्रान्तिकारी) लगायत ११ बिद्यार्थी संगठनले बुधबार काठमाडौंमा ५५ औं बिद्यार्थी एकता दिवसको अवसरमा सरकारको बिरुद्धमा प्रदर्शनसहित शान्तिवाटीकमा एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सहभागी अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम शाही, केन्द्रीय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द, मुगु जिल्ला अध्यक्ष नरश्वर वुमिलाई प्रहरिले गरिफ्तार गरेकाे थियाे ।
यस्ताे छ बिज्ञप्ति