विधेयक विरुद्ध नेपालगञ्जमा समेत पत्रकारको प्रदर्शन
प्रकासित मिति : २०७६ जेष्ठ ३, शुक्रबार १८:४८
प्रकासित समय : १८:४८
नेपालगञ्ज ,बाँके मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले आज नेपालगञ्जमा बिराेध प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको आह्वानमा आफ्ना पेशागत पहिचान झल्कने वस्तुहरुसहित नेपालगञ्जकाे बिपीचाेकमा प्रदर्शन गरिएको हो।
प्रेस काउन्सिलको व्यवस्थालाई विस्थापित गर्नेगरी सरकारले तयार पारेको मिडिया काउन्सिल विधेयकका प्रावधानहरु संविधानले प्रदत्त गरेका अधिकार कुण्ठित पार्नेगरी तथा व्यवसायिक पत्रकारितालाई असर पार्ने गरी ल्याइएको भन्दै पत्रकारहरुले विरोध जनाएका हुन्।