अचम्म लाग्छ – कांग्रेसले कसरी आफूलाई जेठो पार्टी भन्छ ! – प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गरेको आरोप लगाए । मदन आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने प्रधानमन्त्री ओलीले  भने‘मलाई अचम्म लाग्छ-कांग्रेस आफूलाई जेठो पार्टी भन्छ तर लोकतान्त्रिक मूल्यमान्यताको हेक्का राख्दैन। केही दिनअघि भएको विरोध राष्ट्रपतिको थिएन, त्यो त गणतन्त्रात्मक प्रणाली र संस्थाहरूको विरोध थियो ।

उनले कुवाबाट हेरेर आकाशजत्रो देखिन्छ त्यत्रै छ भन्नु र नेपालका राजामहाराजले मेरो सरकार भन्थे राष्ट्रपतिले पनि भनिन् भन्नु उस्तै भएको बताए। पार्टी एकताका सन्दर्भमा प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेता/ कार्यकर्तालाई सचेत गराए।

ओलीले भने आफ्नो पार्टीले आगामी निर्वाचनमा दुई तिहाइ हासिल गर्ने बताएका छन्। अहिले दुई तिहाइबाट थोरै पछि भएको बताउँदै प्रधानमन्त्री ओलीले अर्को निर्वाचनबाट एकल दुई तिहाइ पुर्‍याउने बताए ।

 ‘हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन। अहिले हामीसँग अलिकति दुई तिहाइ छैन। नपचेर के गर्नु अर्को पटक दुईको तिहाइको हुन्छ यो सरकार। एकल दुई तिहाइको सरकार।’

उनले सरकारले देश र जनताको पक्षमा काम गरेको दाबी गरे। पार्टीका नेताहरू धन कमाउने उदेश्यले नहिँडेको पनि उनले बताए। उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए।

प्रतिपक्ष दलतर्फ लक्षित गर्दै ओलीले असभ्यतापूर्वक मुख छाड्नेहरू देखिएको बताए। ओलीले अहिलेको सरकारको सफलता सफलताको शिखर नभई प्रारम्भ मात्र भएको बताए।

पार्टीमा केही असजिला र अप्ठ्यारा भए पनि अनुशासित र नमूना पार्टी बनाइने ओलीको उद्घोष छ।