नेकपाले यसरी टुङ्ग्याइयो जनवर्गीय संगठनको भागबन्डा
काठमाडौँ, नेकपाको सचिवालय बैठकले अधिकांस जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको हो ।
नेकपाको सचिवालय बैठक बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु ।
स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र र सहसंयोजकमा रञ्जित तामाङ वा तामाङले नमाने सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति जुटेको छ । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठनका र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका नेता हुन् ।
यसबाहेक यूवामा रामप्रसाद सापकोटा संयोजक र सहसंयोजक रमेश पौडेल र पौडेलले नमाने किरण पौडेललाई राख्ने सहमति जुटेको स्रोतको दावी छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका नेता हुन् ।
यसबाहेक महिलामा सांयोजक अमृता थापा र सह संयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन ।
त्यस्तै मजदुरमा विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।
त्यस्तै प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन एमाले निकट संगठन मिडिया संगठनका नेता हुन् ।
त्यसैगरी बुद्धिजीविमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।
जनवर्गीय संगठनका सवै नाम टुंगाएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ । नेकपामा यस अघिनै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालीन माओवादीका हरि पराजुली चयन भएका छन् ।
त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत भएका थिए । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएका थिए ।
नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ । सबै जनवर्गीय संगठनको नेतृत्व टुंगाएर भोलि पार्टी एकताको एक बर्ष पुगेको अवसरमा घोषणा गर्ने नेकपाको तयारी छ ।