नेकपालाई वाइसियलका अध्यक्ष दीपशिखाको प्रश्न – कालिमाटीका दलाल किन नसमातेको ?

काठमाडौँ,नेकपा निकट वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’सरकारले समाजवादको कुरा गरे पनि कालिमाटी फलफुल तथा तरकारी बजारका दलालहरुलाई समेत पक्रन नसकेको भन्दै सरकारलाई ‘दलाललाई किन नसमातेको ?’ भन्दै प्रश्न गरेका छन ।

फायल तस्विर

युवासंघको स्थापना दिवसका अवसरमा काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार बने पनि दलाल र भ्रष्टाचारको विगविगी भएको भन्दै त्यसको अन्त्य हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

सापकाेटाले युवा विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न नेकपा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । ‘कृषि प्रधान मुलुकमा करोडौको लसुन, धनिया विदेशबाट किन्नुपर्ने तर, नेपाली युवाले उत्पादन गरेको बन्दा एक रुपैयाँ किलोमा पनि त्रिक्री नभएर डोजर लाउनुपर्ने अवस्था आउनु दुःखद हो’ उनले भने ।