लागु औषध दुर्व्यसन नियन्त्रणमा बागलुङ प्रहरीको सक्रियता
बाग्लुङ, जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय लागु औषध नियन्त्रण अभियानलाई कडाईका साथ अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागु पदार्थ दुर्व्यसनबाट समाज र ब्यक्तिमा पर्न सक्ने सम्भावित खतरा न्युनीकरणका लागि अाफ्नाे सक्रियता बढाएकाे हाे ।
मंगलबार पत्रकार अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद शर्माले पहिलो चरणमा ४० जना लागुऔषध दुव्र्यसनीहरुको पहिचान गरी परामर्श शुरु गरिएको जानकारी दिए । उनले लागु औषध दुर्व्यसनीले दिएको सूचनाकै आधारमा २७ जनालाई नियन्त्रणमा लिईएको पनि बताए । प्रहरी उपरीक्षक शर्माले एक जना लागु औषध दुव्र्यसनीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट रु १० हजार दिएर लागु औषध बिक्री वितरणकर्ता पत्ता लगाई नियन्त्रणमा लिन पठाएको निज दुर्व्यसनी फरार रहेको समेत प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका १३ जना लागु औषध दुर्व्यसनीलाई अभिभावकसंग परामर्श तथा छलफल गरी परिवारको निगरानीमा जिम्मा लगाईएको र ६ जना जटिल प्रकारका दुव्यसनीलाई अभिभावकको सल्लाह बमोजिम सुधार गृहमा पठाईएको र ८ जनालाई काुनन बमोजिम कारबाही प्रक्रिया अगाडी बडाईएको बताए ।
प्रहरीका अनुसार हाल लागु पदार्थ दुर्व्यसनी र सम्भावित बिक्रि कर्ता २० जना तारिखमा रहेका छन् । लागु औषध दुर्व्यसनी बिशेष गरी २० बर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । लागु औषध दुर्व्यसनीहरुमा २ जना क्रमशस् ३३ र ४० बर्षका रहेका छन् । बिशेष गरी पढाई तर्फ ध्यान नभएका तथा अन्य कुनै पनि काम नभएका ४ जना लागु औषध दुर्व्यसनीहरुले प्रयोग गर्ने ४ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।
प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लागु औषधको सेवन बिक्रिवितरण तथा ओसार पसार जस्ता कानुन बिपरीतका कार्यमा संलग्न ब्यक्ति तथा सम्भवित स्थानमा समेत कडा निगरानी सहित खोज तलास जारी राखिएको समेत जनाएको छ ।