बाइपासमा रोकिराखेका दुई बसमा आगलागि

नेपालगन्ज ,उपमहानगरपालिका वडा नम्बर ४ बाइपासमा रोकिराखेको बसमा भिषण आगलागि भएको छ । आगलागिका कारण ग्यारेजमा रोकी राखेको दुई वटा बस जलेर खरानी भएको छ ।

ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर खरानी भएको हो । मङगलबार विहान करिब पौन ११ बजे बसमा अचानक आगो लागेको हो ।

बसमा आगलागि भएलगत्तै स्थानीयले नेपालगन्ज बारुण यन्त्र लाई खबर गरेका थिए । खबर पाए लगत्तै दमकल घटना स्थलमा पुगेको थियो । स्थानीय, दमकल कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अथक प्रयास पछि आगो नियन्त्रणमा आयो । तर, दुइवटै बस जलेर खरानी भए ।

आगलागीका कारण कति क्षती भएको भन्ने विवरण अनुसन्धान पछि बाहिर आउने नेपालगन्ज वडा प्रहरी कार्यालयले बताएकाे छ ।

आगो कसरी लाग्यो वा कसले लगायो भन्ने केही थाहा छैन । थप कुरा पछि आउनेछ । बस ग्यारेजमा भएकाले मर्मतका लागि ल्याइएको बुझिएको छ ।