चल्ने भयो भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल….
प्रकासित मिति : २०७६ बैशाख ३१, मंगलवार ०८:३४
प्रकासित समय : ०८:३४
काठमाण्डौ, जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग भएको सम्झौता अनुसार भदौसम्म रेल नेपाल आइपुग्ने जानकारी दिए ।